असाेज ९ गते २०८०
07:20: AM
असाेज ९ गते २०८०
07:20: AM

घोराहीमा उदाहरण समूहद्धारा काव्यकाशमा अमृतांश

माघ २७ गते २०७९
9:47 PM
Author Avatar
स्वर्गद्वारी अपडेट
स्वर्गद्वारी अपडेट प्यूठान ।  उदाहरण समुह नेपालद्धारा काव्यकाशमा अमृतांश कार्यक्रम घोराहीमा सम्पन्न गरिएको छ । विगत लामो समयदेखि दाङमा फरक फरक शैलीमा साहित्यीक कार्यक्रमहरु गर्दै आएको उदाहरण समुहले यस पटक काव्याकाशमा अमृतांशु नामक कार्यक्रम गरेको हो ।कार्यक्रममा अमृता प्रितमका छानिएका कविता पुस्तकका अनुवादक कवि रिमा केसीसँग संवाद गरिएको थियो । संवादको सहजिकरण समुहका अभियान्ता घनश्यम अस्तित्वले गर्नुभएको थियो । अमृता प्रितम भारतको लोकप्रिय लेखक मध्येकी एक मानिनु हुन्छ ।भारतिय साहित्यकार अमृता प्रीतमका छानिएका कविताहरुलाई नेपालीमा अनुवाद गरि केसीले पुस्तक प्रकासन गर्नुभएको हो । पुस्तकमा अमृता प्रीतमका १ सय १४ कविता समावेश गरिएको छ ।यस्तै कार्यक्रममा ९ जना नव साहित्यकारहरु पुस्तकमा समावेश गरिएका कविताहरु बाचन गर्नुभएको थियो । सुदृष्टि लक्ष्मी, श्रवण नेपाली, अस्मिता परियार, समिर वली, विपिन आचार्य, मनोज थापा मगर, जित अजित, अनुपमा खत्री र समिक्षा लामिछानेले कविता वाचन गर्नुभएको थियो ।अभियान्त नविन श्रेष्ठको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण संगित मगरले गर्नुभएको थियो । कार्यक्रममा उदाहरण समुहका अभियान्ता तथा विभिन्न साहित्यकारहरुको सहभागिता रहेको थियो ।

रिप्लाई गर्नुहोस