फागुन १० गते २०८०
06:59: AM
फागुन १० गते २०८०
06:59: AM

तनहुँमा बाख्रा फर्ममा आगलागी हुँदा ६० लाख रुपैयाँ बराबरकाे क्षति

माघ २७ गते २०७९
9:46 AM
Author Avatar
स्वर्गद्वारी अपडेट

स्वर्गद्वारी अपडेट प्यूठान ।तनहुँको बन्दिपुर गाउँपालिका-५ याम्पामा रहेकाे कुमालटारी बाख्रा फार्ममा आगलागी हुँदा करिब ६० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।स्थानीय चेतप्रसाद तिवारी, कुलप्रसाद तिवारी र विष्णु अम्गाईले सञ्चालन गरेको फार्ममा हिजाे बिहीवार दिउँसो आगलागी भएकाे हाे । आधुनिक बाख्राको खोर निर्माणका क्रममा विद्युत् सर्ट भएर आगलागी हुँदा फार्मकाे ८० प्रतिशतभन्दा बढी भाग जलेर नष्ट भएकाे छ ।वडा अध्यक्ष ध्रुव लामिछानेका अनुसार फार्ममा करिब १ सय २० वटा बाख्रा र २ सय वटा कुखुरा पालिएकाे थियाे । खोरमा रहेका बाख्रालाई बाहिर निकालिएकाे तर केही कुखुरा मरेका उहाँले जानकारी दिनुभयाे ।करिब दुई करोड रुपैयाँ लगानी रहेकाे फार्मलाई आधुनिक बनाउने क्रममा परालमा अचानक आगो सल्किँदा आगलागी भएकाे कुलप्रसाद तिवारीले बताउनु भयाे । ट्याङ्कर, बन्दिपुर गाउँपालिका र व्यास नगरपालिकाको दमकल, स्थानीय, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीको सहयोगमा करिब चार घण्टा पछि आगो निभाइएकाे थियाे ।आगलागीबाट भएकाे क्षतिकाे पूर्ण विवरण आउन बाँकी रहेकाे प्रहरीले जनाएकाे छ।

रिप्लाई गर्नुहोस

You cannot copy content of this page