फागुन १० गते २०८०
07:39: AM
फागुन १० गते २०८०
07:39: AM

सुदूरपश्चिम सरकारलाई विश्वासको मत दिन्नौं : अध्यक्ष चौधरी

माघ २६ गते २०७९
1:36 PM
Author Avatar
स्वर्गद्वारी अपडेट

  
स्वर्गद्वारी अपडेट प्यूठान ।नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने निर्णयमा अडिग रहेपछि एमालेको नेतृत्वको सुदूरपश्चिम सरकार १ महिनामै ढल्ने भएको छ । अबको तीन घण्टाभित्र अर्को कुनै राजनीतिक घटनाक्रम विकास भएको अवस्थामा बाहेक मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत प्राप्त गर्न नसक्ने भएका छन् ।
सुदूरपश्चिमका सात सांसदसहित नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी ।
नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष समेत रहेकी संघीय सांसद रञ्जिता श्रेष्ठले अहिलेकै अवस्थामा सरकारलाई विश्वासको मत नदिने आफूहरूको अडान रहेको जनाएकी छिन् । उनले भनिन् ‘हामी विश्वासको मत दिन्नौं । तटस्थ बस्छौं ।’ उनको यो निर्णयसँगै एमाले संसदीय दलका नेतासमेत रहेका रावल नेतृत्वमा पुस २७ गते गठित सरकारले विश्वासको मत प्राप्त गर्न नसकेर मुख्यमन्त्री पदमुक्त हुने अवस्था आएको हो ।
एमाले, माओवादी, नाउपा र राप्रपाको समर्थनमा मुख्यमन्त्री रावलसँगै माओवादी केन्द्र संसदीय दलका नेता खगराज भट्ट र एमाले संसदीय दलका उपनेता सन्तोष शर्मा थापा बिनाविभागीय मन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्रीले नियुक्त भएको १ महिनाभित्र विश्वासको मत लिइसक्नु पर्ने संवैधानिक प्रावधान छ । बिहीबार दिउँसो १ बजे प्रदेशसभाको बैठक आह्वान गरिए पनि ४ बजेका लागि सारिएको छ ।
मुख्यमन्त्री रावलले विश्वासको मत लिन नसके उनी स्वतः पदमुक्त हुनेछन् र ठूलो दलका हैसियतले कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह मुख्यमन्त्री नियुक्त हुनेछन् । प्रदेश प्रमुखको कार्यालयका अनुसार पाँच बजेभित्र विश्वासको मत लिने प्रक्रिया सुरु हुन नसके मुख्यमन्त्री पदमुक्त हुने जनाएको छ ।५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा माओवादीका १०(सभामुखबाहेक), एमालेका १०, नाउपाका ७ र राप्रपा र स्वतन्त्र १ जना सांसद छन् । नाउपाले विश्वासको मत नदिएको अवस्थामा सरकारलाई बहुमत (२७) पुग्दैन । सुदूरपश्चिममा १९ सांसदसहित कांग्रेस सबैभन्दा ठूलो दल छ ।

रिप्लाई गर्नुहोस

You cannot copy content of this page