मधेस प्रदेशले पायो पूर्णता, माओवादी सरकारमा सहभागी
स्वर्गद्वारी अपडेट
माघ २४ गते २०७९
11:56 AM
स्वर्गद्वारी अपडेट
स्बवर्गद्वारी अपडेट प्यूठान ।
मधेस प्रदेशको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । मुख्यमन्त्री सरोजकुमार यादवले माओवादी केन्द्रलाई पनि सरकारमा सहभागी गराएर तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्नु भएको हो ।
माओवादी केन्द्रबाट उद्योग वन तथा पर्यटन मन्त्रीमा सुनिता यादव र राज्यमन्त्रीमा रहबर अंसारी नियुक्त भएका हुन् । उनीहरुको शपथ दिउँसो १ बजे हुनेछ ।भागबण्डामा एउटा मात्रै मन्त्रालयले दिएपछि असन्तुष्ट भएको माओवादी सरकारमा सहभागी भएको थिएन । तर, केन्द्रीय नेतृत्वको हस्तक्षेप पछि सरकारमा सहभागी हुने निर्णय गरिएको माओवादीले जनाएको छ ।यसअघि मुख्यमन्त्री सरोजकुमार यादवले पुस २९ गते तीन जना मन्त्री र माघ २० गते ६ मन्त्री र ३ राज्यमन्त्री नियुक्त गर्नु भएको थियो । अब मधेस सरकारमा मुख्यमन्त्री, १० मन्त्री र चार राज्यमन्त्रीसहित १५ सदस्यीय मन्त्रिपरिषद् हुनेछ ।