समय : ०३:१३ am | शुक्रबार , असाेज ३ गते २०८१

महिला इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा आज नेपाल र पाकिस्तान खेल्दै

स्वर्गद्वारी अपडेट | जेठ ३० गते २०८०

काठमाण्डाै - एसीसी महिला टी–२० इमर्जिङ टिम्स एसिया कपमा आज नेपाल र पाकिस्तानको 'ए' टोली खेल्दैछन् ।खेल हङकङको मङकङ क्रिकेट मैदानमा बिहान पौने ७ बजे सुरु हुँदैछ । थाइल्यान्डले भिसा समस्याका कारण अन्तिम समयमा नाम फिर्ता लिएपछि नेपालले प्रतियोगितामा सहभागिताको अवसर पाएको हो । एसीसी महिला टी–२० इमर्जिङ टिम्स एसिया कपमा नेपाली महिला टोलीको यो पहिलो सहभागिता पनि हो ।

प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा हङकङ, भारत र पाकिस्तान रहेका छन् । भारत र पाकिस्तानको 'ए' टोली हो । नेपाल र हङकङको भने सिनियर टोली नै सहभागी छ । दोस्रो खेल नेपालले भारतसँग र तेस्रो खेलमा घरेलु टोली हङकङसँग खेल्नेछ । समूह ‘बी’ मा मलेसिया, यूएई, बङ्लादेश र श्रीलङ्काको ‘ए’ टोली छ ।प्रतियोगिता हरेक समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । 
 

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्