समय : ०२:३९ am | आइतबार , जेठ ९ गते २०८३

खानेपानी मन्त्री थापा आज प्यूठान आउँदै

स्वर्गद्वारी अपडेट | भाद्र ३१ गते २०८१

प्यूठान।लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा (रोज राणा) आज गृह जिल्ला प्यूठान आउने भएका छन्।दोश्रोपटक मन्त्री बनेपछि पहिलोपटक नेपाली कांग्रेस प्यूठानले स्वागत तथा सम्मान गर्न थालेको हो ।

मन्त्री थापाले जिल्लाबासी संग सामुहिक तथा छुट्टाछुट्टै भेट गर्ने कार्यतालिका रहेको नेपाली कांग्रेस प्युठानका उपसभापति देवेन्द्र वर्माले वताए।
मन्त्री थापाले जिल्लामा सञ्चालित योजनाका बिषयमा पार्टीका वडा तहसम्मका नेताहरुसगँ छलफल गर्ने तालिका रहेको उनको सचिवालयले जानकारी दिएको छ।मन्त्री थापा यसअघि कांग्रेस र माओवादीको गठबन्धनबाट उद्योग पर्यटन तथा यातायातमन्त्री बनेका थिए ।

यो पनि पढ्नुहोस्