समय : ०२:५५ am | शनिबार , श्रावण ४ गते २०८१

शरणार्थी प्रकरणमा भिआइपी पुत्र बिरुद्ध पक्राउपुर्जी जारी

स्वर्गद्वारी अपडेट | वैशाख २० गते २०८०
स्वर्गद्वारी अपडेट समचार डेक्स । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै लाखौं असूली गरेको गिरोहलाई सहयोग गरेको अभियोगमा पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतिक थापाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।जिल्ला अदालत, काठमाडौंले उनलाई पक्राउ गर्न पुर्जी दिएको अदालत स्रोतले अनलाइनखबरलाई बतायो । थापाले बुबा गृहमन्त्री भएका बेला शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै असुली गरेको गिरोहबाट आर्थिक लाभ लिएर अनुचित कार्य गरेको भन्दै प्रहरीले पक्राउ पुर्जी जारी गरिदिन अदालतमा भनेको थियो । त्यसअनुसार प्रहरीले पेश गरेको प्रमाणका आधारमा पक्राउ पुर्जी जारी भएको अदालतले स्रोतको भनाइ छ ।प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले १२ चैतमा भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै असूली गरेको आरोपमा मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी र पाँचथरका टेक गुरुङलाई पक्राउ गरेको थियो । यसको तीन दिनपछि मोरङका सागर राई पनि पक्राउ परेका थिए । उनीहरुको बयानका क्रममा पूर्वगृहमन्त्री बादलका छोरा प्रतिकले पनि आफूहरुसँग सहयोग गरेको बताएका छन् । यो प्रकरणमा पूर्वगृहमन्त्री बादलका सुरक्षा सल्लाहकार डा। इन्द्रजित राई, पूर्वगृहसचिव एवं राष्ट्रपति कार्यालयका वहालवाला सचिव टेकनारायण पाण्डे समेत पक्राउ परिसकेका छन् । नेकपा एमालेका पूर्वउपप्रधानमन्त्रि टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझीविरुद्ध पनि पक्राउ पुर्जी जारी भइसकेको छ । उनीहरुको प्रहरीले खोजी थालेको छ ।उनीहरुको बयान लिने क्रममा रामबहादुर थापा ‘बादल’ र कांग्रेस नेता बालकृष्ण खाँण गृहमन्त्री भएका बेला उनीहरुले कर्मचारी प्रशासन र सचिवालयलाई ‘मिलाएर’ नेपाली युवालाई शरणार्थी बनाउने प्रयास गरेको खुलेको थियो । शरणार्थी दर्ता प्रक्रियामा छुटेकाहरुबारे अध्ययन र थप प्रमाण जुटाउन भन्दै २९ असार २०७६ मा केपी शर्मा ओली नेतृत्वको सरकारले गृह मन्त्रालयका तत्कालीन सह–सचिव बालकृष्ण पन्थीको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । कार्यदल गठन भएबाटै अनुसूची फारममा नाम थप गरेर शरणार्थी बनाउन एउटा गिरोह लागि परेको थियो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page