समय : १२:५६ am | शनिबार , मंसिर ७ गते २०८१

प्यूठानका सडक छेउका घर–टहरा हटाइने

स्वर्गद्वारी अपडेट | असार १९ गते २०७९
अनुज पछाई, प्यूठान । प्यूठान जिल्लाका सडक छेउछाउमा अब्यबस्थित रुपमा रहेका घर–टहरा तथा निर्माण कार्य नियन्त्रण तथा सडक क्षेत्रको लागत कट्टा गरिने भएको छ । प्यूठानमा आइतबार बसेको सर्बदलिय सर्बपक्षिय बैठकले सो कुराको निर्णय गरेको छ । आइतबार सडक डिभिजन कार्यालय प्यूठानका निमित्त डिभिजन प्रमुख बिरेन्द्र बहादुर चन्दको अध्यक्षमा बसेको बैठकले गरेका निर्णयहरुः १. प्यूठानमा हाइवे सडकबाट साहयक बाटो बनाउने । २. बड्डाडा देबिस्थान सडक चौडा गर्ने । ३. ओभरलोड गाडी सञ्चालन तथा ब्यबस्थापन गर्ने । ४.बर्षायाममा सडक तथा पुल निर्माण कार्य नदिजन्य निर्माण सामगी्र प्रयोग सम्बाधमा । ५. भिगृ –स्वर्गद्धारी सडक सम्बन्धमा । ६.सडक छेउछाउका अब्यबस्थित घर टहरा हटाउने र निर्माण कार्य नियँत्रण तथा सडक कट्टा गर्ने । ७. घर निर्माण सम्पन्न प्रमाण तथा अनुगमन गर्ने । बैठककमा सडक डिभिजन कार्यालय प्यूठानका निमित्त डिभिजन प्रमुख बिरेन्द्र बहादुर चन्द , प्यूठान नगरपालिकाका नगरप्रमुख बिस्नु बहादुर योगी,स्वर्गद्धारी नगरपालिकाका प्रमुख टेक प्रसाद भण्डारी , माण्डबी गाउपालिकाका अध्यक्ष नमराज अधिकारी , सरुमारानी गाउपालिकाका अध्यक्ष झग बहादुर बिश्वकर्मा , मल्लरानी गाउपालिकाका अध्यक्ष कृष्ण बहादुर खडका , प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल , जिल्ला प्रहरी प्रमुख सत्यनारायण थापा लगायतको उपस्थिती रहेको थियो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्