समसामयिक सामान्य ज्ञान
१. नइ प्रकाशनले २०७८ सालको ‘नइ देरुनीख अन्तर्राष्ट्रिय पुरस्कार’ कसलाई प्रदान ग-यो ?
मोहन सिटौला (पुरस्कार राशिः रु.२ लाख)
– (नइ गणेश दुर्गा अन्तर्राष्ट्रिय पुरस्कार (राशि : रु. १ लाख) भारत आसामका छविलाल उपाध्यायलाई प्रदान गरिएको ।)
२. बुद्ध जयन्तीको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा नेपालको औपचारिक भ्रमण कहिले भएको हो ?
वि.सं. २०७९ जेठ २ (सन् २०२२ मे १६)
३. उत्तम शान्ति पुरस्कार –२०७८ कसलाई प्रदान गरियो ?
सत्यमोहन जोशी र गिरीश गिरी (संयुक्त रूपमा)
– (उत्तम कुँवर स्मारक पुरस्कार गुठीले आख्यानमुक्त गद्यकृतिलाई २०४४ सालदेखि नै यो पुरस्कार प्रदान गर्दै आएको ।)
४. २५ फिट अग्लो ढुङ्गाको बुद्धमूर्ति कहाँ निर्माण गरिएको छ ?
हेटौंडास्थित गुम्बाडाँडा
– बौद्ध धर्मगुरु लोमसाङ नांगेलद्वारा सो मूर्ति अनावरण (२०७९ वैशाखमा) गरिएको ।
– ललितपुरको बालकुमारीका मूर्तिकार अमर शाक्य र नवीन शाक्यले बुद्धमूर्ति कुँद्नुभएको ।
– २०६९ सालमा त्यहाँ आयोजना गरिएको अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशालामा कुँदिएका मूर्तिहरू त्यहाँ रहेका । नेपाल र अन्य पाँच देशका २३ मूर्तिकारले कुँदेका २३ प्रकारका मूर्ति गुम्बाडाँडामा सजाइएको ।
– गुम्बाडाँडा हेटांैडा बजारबाट करिब १७ किलोमिटर पूर्व दक्षिणमा पर्ने ।
– पछिल्लो समय यो ठाउँ आन्तरिक र बाह्य पर्यटकको आकर्षक स्थल बन्दै गएको ।
५. वि.सं. २०७९ वैशाखमा सम्पन्न विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्डवाट सम्मानित हुने कलाकार को हुन् ?
गीतकार विश्ववल्लभ (पुरस्कार राशिः रु.१ लाख)
– (गायिका तारा थापा विन्ध्यवासिनी साधना सम्मान पुरस्कार राशी ःरु. ५० हजार) बाट सम्मानित भएकी ।)
६. नेपालमा पहिलो स्थानीय तह निर्वाचन कहिले भएको थियो ?
वि.सं. २००४ जेठ २९
– म्युनिसिपालिटी गोश्वाराले काठमाडौँ म्युनिसिपालिटीको निर्वाचन सम्पन्न गरेको थियो ।
– त्यो बेला उम्मेदवार छान्दा २५ वर्ष पुगेका लोग्नेमानिसलाई मात्र छान्ने र सो छान्ने मानिसहरूमा पनि २१ वर्ष नाघिसकेका लोग्नेमानिसहरूले मात्र भोट गर्न पाउने प्रावधान रहेको ।
७. सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था परीक्षणका रूपमा कहिलेदेखि कार्यान्वयनमा ल्याएको हो ?
वि.सं. २०७९ जेठ १
– यो बिदा लागू भएसँगै सोमबारदेखि शुक्रबारसम्म कार्यालय समय बिहान साढे ९ बजेदेखि बेलुका साढे ५ बजेसम्म हुने ।
– कात्तिक १६ देखि माघ १५ गतेसम्म कार्यालय समय बिहान साढे ९ बजेदेखि अपरान्ह् साढे ४ बजेसम्म हुने ।
– दशैँ र तिहारका सार्वजनिक बिदावाहेक अन्य बिदा लगातार दुई दिनभन्दा बढी भएमा सार्वजनिक सेवा प्रवाह गर्ने संस्थामा भने तेस्रो दिनदेखि गृह मन्त्रालयले निर्धारण गरे अनुुसार सेवा प्रवाह गराउनुपर्ने राजपत्रमा उल्लेख गरिएको । सार्वजनिक संस्थामा सेवा प्रवाह गर्ने कर्मचारीले सट्टा बिदा पाउने । सार्वजनिक सेवा प्रवाह गर्ने संस्थामा अस्पताल, स्वास्थ्यचौकी, रोपवे, टेलिफोन, प्रहरी, विद्युत्, खानेपानी, अध्यागमनलगायतका रहेका ।
८. ‘०’ डिग्री देशान्तर रेखालाई प्रधान मध्याह्न रेखा भनिन्छ भने ‘०’ डिग्री अक्षांश रेखालाई के भनिन्छ ?
भूमध्ये रेखा
९. नेपालमा कृषक परिचयपत्र वितरण गर्ने कार्य कुन जिल्लाबाट सुरु गरिएको हो ?
बाग्लुङ
१०. नेपालमा हाल लागू राष्ट्रिय खनिज नीति कुन हो ?
राष्ट्रिय खनिज नीति, २०७४
११. राष्ट्रिय कलाश्री सम्मान –२०७८ कसलाई प्रदान गरियो ?
साहित्यसाधक परशु प्रधान
– राष्ट्रिय कलाश्री पुरस्कार शब्दशिल्पी मञ्जु काँचुलीलाई प्रदान गरिएको ।
– ससिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कार स्रष्टा एवं अनुवादक केशव सिग्देललाई प्रदान गरिएको ।
– बद्री राष्ट्रिय कलाश्री पत्रकारिता पुरस्कार साहित्यकार एवं कलाकार धीरेन्द्र प्रेमर्षि, थिरछाया राष्ट्रिय कलाश्री ललितकला पुरस्कार मूकर्तिकार ओम के.सी., पद्मनेत्र राष्ट्रिय कलाश्री पुरस्कार गायक शिव परियारलाई प्रदान गरिएको ।
१२. वेदव्यासको जन्मस्थल एवं तपोभूमि दमौली (तनहुँ) हो भने पाणिनि ऋषिको जन्मस्थल कहाँ हो ?
पणेना (अर्घाखाँची)
१३. भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटन कहिले गरिएको हो ?
वि.सं. २०७९ जेठ २
– काठमाडौँबाट गएको नेपाल वायुसेवा निगमको न्यारो बडी (३२०) को विमानलाई स्वागत गरी प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा औपचारिक रूपमा विमानस्थलको उद्घाटन गरिएको ।
– औपचारिक उद्घाटन भएसँगै राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको यो विमानस्थल विधिवत् सञ्चालनमा आएको ।
– बुद्धजयन्तीका अवसरमा उद्घाटन गरिएको यस विमानस्थललाई लुम्बिनी प्रदेशसहित देशकै समृद्धिको ढोकाका रूपमा हेरिएको ।
– तीन हजार मिटर लम्बाइ र ६० मिटर चौडाइको धावनमार्ग रहेको यो विमानस्थल तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने सुरुवाती लक्ष्यअनुसार तत्कालीन प्र.म. सुशील कोइरालाद्वारा २०७१ सालमा शिलान्यास गरिएको थियो ।
– २०७२/७३ देखि निर्माण सुरु भएको यो विमानस्थल एसियाली विकास बैङ्कको सहुलियतपूर्ण ऋणमा करिब ३१ अर्ब लागतमा निर्माण सम्पन्न भएको ।
– विमानस्थल औपचारिक रूपमा सञ्चालनमा आएसँगै इन्स्ट्रमेन्टल ल्याण्डिङ सिस्टमजडित यो विमानस्थलमा अब त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा अवतरण हुन नसकेका जहाजसमेत अवतरण हुनसक्ने । त्यस्तै, रनवेलगायतका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन नसकेका जहाजले नेपालबाहिर डाइभर्ट हुनुपर्ने अवस्थाको समेत
अन्त्य भएको ।
– नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार हाल काठमाडौँमा जहाज अवतरणका लागि ११ किलोमिटर भिजिबिलिटी आवश्यक पर्नेमा यो विमानस्थलमा ६ किलोमिटर भिजिबिलिटी भए पनि जहाज सहजै अवतरण हुनसक्ने ।
– हाललाई विमानस्थल सञ्चालन नागरिक उड्डयन प्राधिकरण आफंैले गर्नेछ भने ग्राउन्ड ह्यान्डलिङको जिम्मेवारी नेपाल वायुसेवा निगमले गर्ने ।
– यस विमानस्थलमा पहिलो व्यावसायिक उडान नेपाल वायुसेवा निगमको न्यारो बडी ३२० ले गरेको ।
– यसअघि २०७९ वैशाख १५ गते निगमको वाइड बडी (३३०) विमानले परीक्षण उडान गरेको ।
१४. संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्व शान्ति स्थापनाका लागि शान्ति सैनिक पठाउने राष्ट्रहरूको सूचीमा नेपाल कतिऔँ स्थानमा छ ?
दोस्रो
१५. राष्ट्रिय कविता महोत्सव–२०७८ मा प्रथम स्थान हासिल गर्न सफल कवि स्रष्टा को हुन् ?
कविता राई (कविताः देशको नक्सा)
१६. त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रविधिमार्फत यात्रुलाई सेवा दिने ‘रोबोट सेवा’ को उद्घाटन कहिले गरियो ?
वि.सं. २०७६ फागुन ८
१७. लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान कहिलेदेखि सुरु भएको हो ?
सन् १९९१
१८. तेस्रो राष्ट्रिय लघुवित्त सम्मेलन कहाँ सम्पन्न भएको हो ?
काठमाडौँ
– सम्मेलनले ११ बुँदे घोषणापत्र जारी गरेको ।
– सम्मेलनले तीन मुख्य समस्या गरिबी, बेरोजगारी र वातावरणीय प्रतिकूल परिस्थितिको दुष्प्रभावलाई न्यूनीकरण गर्दै अगाडि बढ्ने सङ्कल्प गरेको ।
१९. नेपालमा डिजिटल भिसा प्रणलीको सुरुवात कहिलेदेखि भएको हो ?
वि.सं. २०७८ असार १४
२०. हाल नेपालको भन्सार प्रशासनमा आसिकुडा प्रविधिको कुन भर्सन प्रचलनमा छ ?
आसिकुडा वर्ड
२१. आसिकुडा प्रविधिको पछिल्लो भर्सन ‘आसिकुडा वर्ड’ को सुरुवात कुन भन्सार कार्यालयबाट कार्यान्वयनमा ल्याइएको हो ?
मेची भन्सार कार्यालय
२२. नेपालमा व्यक्तिगत घटना दर्तालाई कहिलेसम्ममा शतप्रतिशत बनाउने उद्देश्य राखिएको छ ?
सन् २०२४
२३. भारतको मोख्खो इन्टरनेशनल फिल्म अवार्ड–२०२२ बाट सम्मानित नेपाली वृत्तचित्र कुन हो ?
जोगी द गड अफ नाइट
– दक्षिण भारतको पुडुचेरीमा आयोजित मोख्खो इन्टरनेसनल फिल्म फस्टिभलमा जोगी द गड नाइट उत्कृष्ट डकुमेन्ट्री सर्ट फिल्म बन्न सफल भएको ।
– यस्तै, भुटानको ड्रक इन्टरनेशनल फिल्म फेस्टिभलमा उक्त वृत्तचित्रले आउटस्ट्याण्डिङ अचिभमेन्ट अवार्ड जितेको ।
– यसअघि पनि नेपालमा आयोजना भएको काठमाडौँ सर्ट फिल्म फेस्टा तथा सोसल मिडिया फिल्म अवार्डमा सो वृत्तचित्र उत्कृष्ट वृत्तचित्र बनेको ।
– पूर्वी नेपाललगायत देशका विभिन्न स्थानमा फेरीप्रथा अझै पनि चलिआएको । जोगी जातका पुरुषले साउन, कात्तिक र चैतमा विभिन्न गाउँमा गई रातको समयमा घरघरमा पुगी शङ्ख बजाएर फेरी लगाउने गरेका ।
२४. मानव विकास सूचकाङ्कको प्रतिपादन कसले गरेका हुन् ?
अर्थशास्त्री महबुब उलहक
२५. आयुर्वेदका प्रवर्तक को हुन ?
धन्वन्तरि
– नेपालमा कात्तिक कृष्ण त्रयोदशीका दिन धन्वन्तरि जयन्ती मनाउने गरिएको ।
– वि.सं. २०५६ देखि धन्वन्तरि जयन्तीलाई राष्ट्रिय आरोग्य दिवसका रूपमा पनि मनाउने गरिएको ।
२६. आयुर्वेद कुन वेदको उपवेद हो ?
अथर्ववेद
२७. प्रोटोकल १८ केसँग सम्बन्धित छ ?
मानव अधिकार
२८. कुन भाषालाई ताजपुरी भाषा पनि भनिन्छ ?
राजवंशी
२९. नेपालमा पहिलोपल्ट सरकारी तवरबाट राष्ट्रिय प्राकृतिक चिकित्सा दिवस कहिले मनाइयो ?
वि.सं. २०७५ असार २०
– (‘नसर्ने रोगमा प्राकृतिक चिकित्सा’ भन्ने मूल नारासहित पहिलोपटक सो दिवस मनाइएको ।)
३०. आन्तरिक राजस्व विभागले स्थायी लेखा नम्बर (पान) वितरणमा बायोमेट्रिक प्रणाली पहिलो चरणमा कहाँ लागू गरेको हो ?
काठमाडौँ उपत्यका