समय : ०९:३० am | बुधबार , फागुन २८ गते २०८१

चेरनेटादेखी जोगिटारी सडक खण्ड निर्माण कार्य तिब्र

राधिका भुषाल | माघ २७ गते २०८१

प्युठान।चेरनेटा पुरणठाँटी देखी जोगिटारी सडक स्तरोन्नतिको काम तिब्र गतिमा भईरहेको छ।ऐरावती गाउँपालिका बरौलाको पहुँच मार्गमा रहेको उक्त सडक निर्माणको लागि २०८१ असार ११ गतेमा ठेक्का सम्झौता भैई निर्माण कार्य सुचारु भएको हो।

सडक पूर्वाधार बिकास कार्यालय प्युठानको ८ करोड २६ लाख ६५ हजार ६९४(भ्याट सहित)लगानीमा सम्पन्न हुने सडकको निर्माण कम्पनी आँशु/हरियाली जे.बी प्युठानले निर्माण कार्यका लागि ठेक्का सम्झौता गरेको थियो।सम्झौता अनुसार मुख्य गरि ढुङ्गाको वाल,ग्याविन वाल,माटो काट्ने,ढलान,नाली ह्युमपाइप,प्लम्ब कंक्रिट,ग्राबेल ,बेस बिटुमिन र पिचको काम गर्ने गरि ठेक्का सम्झौता गरिएको सडक पूर्वाधार विकास कार्यालय प्युठानका प्रमुख चन्द्र बहादुर शाहले जानकारी दिए।

योजना  सम्पन्नको लागि दैनिक ४० जना कामदारहरु निर्माण स्थलमा खटिने गरेको सो निर्माण कम्पनीको ठेकेदार बालाजु श्रेष्ठले बताए।ठेक्क्का सम्पन्न मिति २०८२ पौष १० गते भएता पनि सम्झौता अगाबै यहि जेठ मसान्तसम्म काम सम्पन्न गरिसक्ने  निर्माण व्यवसायी श्रेष्ठको भनाई छ।

ऐरावती गाउँपालिकाको मुख्य सडकको रुपमा रहेको यस सडक कालोपत्रे भएसंगै यहाँका जनसमुदायलाई धेरै सहज हुने स्थानीय अनुपराज पाण्डेले बताए।      

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्