समय : ०५:३५ am | आइतबार , भाद्र २२ गते २०८१

नमस्ते यातायातको मुढामा बस्नको लागि  टिकट

स्वर्गद्वारी अपडेट | पौष १५ गते २०८०

प्युठान।नमस्ते प्युठान यातायात प्रा.ली द्वारा संचालनमा ल्याएको बसले बुधबार  मुढामा बस्नको लागि टिकट काटेको छ।

प्युठान देखि काठमाडौँ छुटेको रात्रीकालिन बसको टिकटमा उल्लेखित ९१२२ नम्बरको बसमा यात्रा गर्नको लागि ११ जना यात्रुहरुले मुढाको टिकट लिएका थिए।

प्युठानको देवाली सकेर डण्डा फर्कदै गर्दा यात्रुले घर सम्म पुग्ने कुनै बिकल्प नभएर बाग्दुला काउन्टर देखी मुढामा बस्नको  टिकट काटेको यात्रु कविरामले बताए।   

यता नमस्ते प्युठान यातायात प्रा.लीका प्रमुख दिल बहादुर दशौदीका अनुसार –"यो गाडीवालाले गरेको बदमासी हो,त्यसै बखत एक्ट्रा सुविधाका लागि अर्को गाडी पठाएका थियौं।"हामी सो बसलाई कारवाहीको दायरामा ल्याई जरिवाना गर्नेछौ।"

हामी जतिसुकै आधुनिक युगमा पुगेपनि, जतिसुकै विकास र समृद्धिको कुरा गरेपनि हाम्रो सार्वजनिक क्षेत्रबाट प्रवाह गरिने सेवाहरु अत्यन्त कमजोर छन्।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्