समय : १०:०७ am | शुक्रबार , कार्तिक २ गते २०८१

माण्डवीमा डेंगु रोग नियन्त्रण र लार्भा नस्ट गर्ने अभियान  

स्वर्गद्वारी अपडेट | असाेज ६ गते २०८१

प्युठान।स्वास्थ्य कार्यालय प्युठानको आयोजनामा डेंगु स्क्रव टाईफास लगायत किटजन्य   रोगहरुको रोकथामको लागि कार्यक्रम गरिएको छ।डेंगु रोग नियन्त्रण गर्न लामखुट्टेको बासस्थान खोजीगरी लार्भा नष्ट गर्ने अभियान संचालन गर्ने उदेश्य सहित सो कार्यक्रम गरिएको हो। 

आइतबार माण्डवी गाउँपालिकाको समन्वय तथा स्वास्थ्य कार्यालय प्युठानको आयोजनामा गाउँपालिकाको सभाहलमा सो कार्यक्रम संचालन गरिएको थियो। कार्यक्रममा बोल्दै स्वास्थ्य कार्यालय प्युठानका जनस्वास्थ्य निरिक्षिक राजु कुमार खड्काले संक्रमित लामखुट्टेको टोकाईवाट लाग्ने डेंगुबाट बच्न आफना घर वरपर रहेका पानी जम्ने स्थल नराख्न र फोहोरमैला नियन्त्रण गरी लामखुट्टे नियन्त्रण गर्नू पर्ने बताए।बर्षातको समयमा महामारीको रुप लिन सक्ने डेंगु रोग लागेर उपचार गराउनु भन्दा रोग लाग्नै नदिनेगरी सरसफाईमा जोड दिई लामखुट्टे नियन्त्रण सम्बन्धी बिबिध कार्यहरु अवलम्बन गर्न जनस्वास्थ्य निरिक्षिक खड्काले जोड दिए ।

कार्यक्रममा माण्डवी गाउँपालिकाको अध्यक्ष नमराज अधिकारीले  डेंगु फैलिन नदिन सबैसँग सहकार्यका आवस्य रहेको बताए। डेङ्गु नियन्त्रण गर्न सबैको सहकार्य अवश्यक पर्ने भएकाले सोही अनुरुप आ-आफ्नो घर छेउछाउमा रहेको खाडल पुरी लामखुट्टेको लार्भा नस्ट गर्नु पर्नेमा जोड दिएका थिए। 

कार्यक्रममा माण्डवी गाउँपालिकाको वडा अध्यक्ष तथा वडा सदस्यहरु,स्वास्थ्यकर्मी       स्थानीयबासी,होटल व्यवसायी,प्रहरी,संचारकर्मी लगाएका उपस्थित रहेको थियो।कार्यक्रम संचालन माण्डवी गाउँपालिका स्वास्थ्य शाखा उप प्रमुख नारायण जिसीले गरेका थिए।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्