समय : ०५:२३ am | आइतबार , भाद्र २२ गते २०८१

माण्डवीमा राष्ट्रिय युवा परिषद्को ७ दिवसीय कार्यक्रम सम्पन्न

लव कुमार अधिकारी | जेठ १२ गते २०८१

प्युठान।समृद्ध नेपालका लागि स्वास्थ,कर्मठ र उद्यमी युवा मुल नाराका साथ  माण्डवी गाउँपालिकाको आयोजनामा राष्ट्रिय युवा परिषद् नेपालको समन्वयमा ७ दिने कार्यक्रम शुक्रबार सम्पन्न भएको छ।

जेठ ५ गते देखी संचालन भएको ४ दिने कार्यक्रममा राष्ट्रिय नमूना युवा संसद अभ्यास कार्यक्रम, ९ गते युवा मैत्री  स्थानीय शासनका लागि युवा मुद्दामा बहस पैरवी कार्यक्रम, १० र ११ गते युवा स्वयंसेवक विकास र परिचालन कार्यक्रम समाबेश गरेको थियो।

राष्ट्रिय युवा परिषदद्वारा परिचालित प्रशिक्षकहरु इन्दिरा पुरी र तुल्सी राम न्यौपानेले राष्ट्रिय नमूना युवा संसद अभ्यास कार्यक्रम स्थानीय तहको गाउँ सभा संचालन बारे युवाहरूलाई प्रशिक्षण गरेका हुन।

कार्यक्रम अवधि भर जिल्ला प्रशासन कार्यालय प्यूठानका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्यालले लागू औषध दुर्व्यसन र त्यसको रोकथामको विषयमा प्रशिक्षण दिएका थिए भने जिल्ला अदालत प्यूठानका बुद्धि बहादुर वस्नेतले कानुनी सचेतना सम्बन्धी सहभागीहरुलाई जानकारी गराएका थिए।साथै नेपाली सेनाका उपसेनानी रामु आले मगरले विपदमा युवाहरुको परिचालन सम्बन्धि विषयवस्तुमा सहजीकरण गरेका थिए।

त्यस्तै बर्द बहादुर गण खलङ्गा प्यूठानले विपद् व्यवस्थापन सम्बन्धी सामग्रीहरूको प्रदर्शनी गर्नुका साथै विपद् व्यवस्थापन तथा प्रतिकार्य सम्बन्धी नमूना अभ्यास सञ्चालन गरेको थियो ।

कार्यक्रममा प्रहरी नायव निरीक्षक दिलिप चौधरीले मनसुनजन्य विपदको जोखिम तथा यसबाट बच्ने उपायहरु सम्बन्धि विषयवस्तु र माण्डवी गाउँ पालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डेले युबा नेतृत्व बिकास र परिचालन सम्बन्धि विषयवस्तुमा सहजीकरण गरेका थिए।

समापन समारोहमा अध्यक्ष नमराज अधिकारी 'रोसन',उपाध्यक्ष पूर्ण प्रसाद कालाथोकी, प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डे, वडा अध्यक्ष, कार्यपालिका सदस्यहरु,विषयगत शाखाका कर्मचारीहरु, नेपाली सेना प्यूठानका प्रमुख, युवा परिषद प्यूठानका अध्यक्ष रामचन्द्र केसी, राष्ट्रिय युवा परिषदका तुल्सीराम न्यौपाने, गाउँपालिका भित्रका युवा संजालका पदाधिकारीहरु, पत्रकार, प्रहरी, सुरक्षाकर्मी लगायतको उपस्थिति रहेको थियो।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्