जिल्लाको प्यूठान नगरपालिकाद्वारा कन्याकुमारी प्राथामिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा हस्तान्तरण गरिएको छ। शुक्रबार प्यूठान नगरपालिका २ तल्लो क्वाडीमा रहेको श्री कन्याकुमारी प्राथामिक विद्यालयमा एक कार्यक्रमका बिच न्यानो कपडा हस्तान्तरण गरिएको हो।
प्यूठान नगरपालिकाका नगर प्रमुख विष्णु बहादुर योगीले ५८ जना विद्यार्थीहरुलाई न्यानो कपडा (ट्राकसुट) हस्तान्तरण गरेको हो। न्यानो कपडा हस्तान्तरण गर्दै नगरप्रमुख विष्णु बहादुर योगीले विद्यार्थी भनेको देशको कोपीला भएको बताउदै हामीले उनीहरुको शिक्षा र बातावरणमा संरक्षण गर्नु दायित्व भएको बताए। विद्यार्थीहरुलाई विद्यालयमा शिक्षक र घरमा अभिभावकको रेखदेखमा महत्वपूर्ण भुमीका हुनपर्ने बताउदै सेवा प्रदानमा नगरपालिका सधै तत्पर रहेको नगर प्रमुख योगीको भनाई छ।
प्यूठान नगरपालिकाले नगरभित्रको ग्रामिण भेगमा रहेका सामुदायीक विद्यालयहरुमा विपन्न विद्यार्थीहरुलाई चिसो मौसमलाई मध्यनजर गर्दै न्यानो पोसाक हस्तारण गर्दे आइरहेको छ।