प्युठान। ऐरावती गाउँपालिकाको सामुदायिक बिद्यालयहरुमा दुई सय पचास भन्दा बढी विद्यार्थीलाई न्यानो कपडा (स्वीटर, टोपी र ट्राउजर) वितरण गरेको छ।जाडो मौसम सुरु भएसँगै पत्रकार अनुपराज पाण्डेको नेतृत्वले सामुदायिक विद्यालयमा कक्षा १ देखि ५ सम्म अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको हो ।
मंलबार ऐरावती गाउँपालिकाको ४१ वटा सामुदायिक बिद्यालयका दुई सय ५५ विपन्न विद्यार्थीले यो बर्षको जाडो छल्ने न्यानो कपडा पाएका छन्।न्यानो कपडा अभियानका मुख्य नेतृत्वकर्ता पाण्डे सहित स्थानीय युवाहरुले सञ्चालन गरेको फेसवुक अभियानबाट उठेको रकमले बिद्यार्थीहरुलाई न्यानो कपडा उपलब्ध गराएका हुन।देश तथा बिदेशका ८३ जना सहयोगी दाताबाट १ लाख २० हजार ४२६ रूपैयाँ रकम संकलन भएको र त्यसबाट न्यानो कपडा खरिद गरेर २ सय ५५ जना विद्यार्थीलाई प्रतिब्यक्ती १/१ थान स्वीटर, टोपी र टाउजर दिइएको अभियानका अगुवा पाण्डेले जानकारी दिए।
जाडो मौसममा साना बालबालिकाको स्वास्थ्यलाई राहत र पढाइमा सहयोग पुर्याउने उद्देश्यले न्यानो कपडा वितरण गरेको अगुवा पाण्डेले बताए । गाउँपालिकाका अधिकांश वडाहरू निक्कै चिसो क्षेत्र भएकाले यो समयमा जाडोकै कारण विद्यालय आउन नसक्ने अवस्थाका बालबालिकाहरूलाई न्यानो कपडा वितरणले राहत पुगेको पाण्डेको भनाई छ।
सोहि वितरण कार्यक्रममा पाण्डेका अनुसार १ देखि कक्षा ५ सम्मका आभिभावक बिहिन,अपाङ्ग र आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई उक्त सामग्री वितरण गरिएको हो।गाउँपालिका उपाध्यक्ष कृष्णप्रसाद श्रेष्ठले गाउँपालिका शिक्षा शाखा प्रमुख यम प्रसाद पाण्डे, ऐरावती- २ का वडा अध्यक्ष भिमेश कुमार घर्ती मगर, मोती माविका विद्यालय व्यबस्थापन समिती अध्यक्ष चन्द्रप्रसाद श्रेष्ठ सहितको उपस्थितिमा बिद्यार्थीलाई न्यानो कपडा हस्तान्तरण गरेका थिए।