प्युठान। प्युठानमा मोटरसाइकलले ठक्करदिँदा पैदलयात्रुको मृत्यु भएको छ।प्युठान नगरपालिका -७ टिकुरी वसपार्कबाट बाग्दुला तर्फ जाँदै गरेको लु ९२ प १३३७ नम्बरको मोटरसाइकलले ठक्कर दिएको हो।
ठक्करदिँदा मृत्यु हुनेमा मल्लरानी गाउँपालिका-४ बाँसखोलाका अन्दाजी ७० वर्षीय रामचन्द्र शाहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ।