समय : १२:२८ am | सोमबार , मंसिर २३ गते २०८१

कर्मचारीको निधनमा प्युठान नगरपालिकाले दियो शोक बिदा

स्वर्गद्वारी अपडेट | मंसिर १२ गते २०८१

प्युठान।प्युठान नगपालिकाले कर्मचारीको निधनप्रति आज शोक बिदा दिने निर्णय गरेको छ।नगरपालिकाले मंगलबारको निर्णय अनुसार वडा-७ को कार्यालय सहयोगीको निधनप्रति दुःख व्यक्त गर्दै बुधबार शोक बिदा दिने निर्णय गरेको हो।

नगरप्रमुख बिष्णु योगीले जारी सूचनामा वडा-७ पुण्यखोला को वडा कार्यालय सहयोगीको असायमिक निधन भएका कारण प्युठान नगरपालिका र वडा कार्यालयहरु(स्वाथ्य संस्था र बिद्यालय बाहेक) सबै कार्यालयहरुको आज शोक बिदा दिइएको उल्लेख छ।

प्युठान नगरपालिका वडा -७ कार्यरत कार्यालय सहयोगी देव बहादुर के.एमको मंसिर ११ गते मंगलबार निधन भएको थियो।पालिकाले सूचना प्रकाशित गरी उक्त विदा घोषणा गरेको हो।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्