समय : ०७:०१ pm | बिहिबार , पौष ११ गते २०८१

झिमरुक क्याम्पसका विद्यार्थीलाई मानव अधिकार सम्बन्धि अभिमुखिकरण

स्वर्गद्वारी अपडेट | मंसिर १० गते २०८१

प्यूठान। झिमरुक क्याम्पसका विद्यार्थीलाई मानव अधिकार सम्बन्धि अभिमुखिकरण गरिएको छ ।सोमबार मानवअधिकार संस्कृतिको प्रवर्धन गर्ने उद्देश्यले एम्नेस्टी इन्टरनेसनल नेपाल समुह-३६ प्युठानले "मानवअधिकार शिक्षा सम्बन्धि अभिमुखिकरण कार्यक्रम" संचालन गरेको हो ।

क्याम्पसमा मानवअधिकारसम्बन्धी ज्ञान र चेतना अभिवृद्धिका कक्षाहरू संचालन गरीएको संयोजक शिवराज श्रेष्ठले जानकारी दिए। अभिमुखिकरण कार्यक्रमको सहजीकरण एम्नेष्टी इन्टरनेसनल नेपाल समुह ३६ प्यूठानका निवर्तमान संयोजक कल्पना खड्का र सचिब लोकेन्द्र सुनारले गरेका थिए। उनले मानव अधिकार, एम्नेस्टी इन्टरनेशनल, एम्नेस्टी नेपाल लगायत बिषयमा प्रष्ट पारेका थिए। साथै सोही अवसरमा राईट फर राईट्स अभियान अन्तर्गत हस्ताक्षर कार्यक्रम पनि गरिएको छ।

एम्नेष्टी इन्टरनेसनल नेपाल समुह ३६ प्यूठानका कोषाध्यक्ष राधिका पन्थीले उक्त कार्यक्रमको सहजीकरण गरि हस्ताक्षर संकलन गरेकी थिईन। जिल्लाका करीब ५ सय ब्यक्तिलाई मानवअधिकार शिक्षा सम्बन्धि अभिमुखिकरण गर्ने लक्ष्य रहेको सह-संयोजक सुजल श्रेष्ठले जानकारी दिए। विद्यालय, क्याम्पस, समुह लगायतमा उक्त कार्यक्रम गर्न सकिने श्रेष्ठले बताए।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्