समय : ०७:०४ pm | आइतबार , वैशाख २० गते २०८३

कर्मचारीको निधनमा माण्डवीले दियो शोक बिदा

स्वर्गद्वारी अपडेट | कार्तिक २५ गते २०८१

प्युठान।माण्डवी गाउँपालिकाले कर्मचारीको निधनप्रति आज शोक बिदा दिने निर्णय गरेको छ।गाउँपालिकाले शनिबारको निर्णय अनुसार वडा सचिवको निधनप्रति दुःख व्यक्त गर्दै आइतबार शोक बिदा दिने निर्णय गरेको हो ।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत भिमकान्त भण्डारीले जारी सूचनामा वडा सचिवको असायमिक निधन भएका कारण गाउँपालिकाको कार्यालय र गाउँपालिका मातहतमा रहेका सबै कार्यालयहरुको आज शोक बिदा दिइएको उल्लेख छ।

माण्डवी गाउँपालिका -२ मर्कवाङमा कार्यरत वडा सचिव सहायक पाचौ तहका सचिव घनश्याम अधिकारीको बिहिबार निधन भएको थियो।पालिकाले सूचना प्रकाशित गरी उक्त विदा घोषणा गरेको हो।

यो पनि पढ्नुहोस्