प्युठान।स्वर्गद्वारी गौमुखी यातायात सेवा प्रा.लि प्युठानको एसी बस सेवा भोलि देखी सुचारु हुने भएको छ।जिल्ला बासीको माग र आवश्यकता अनुसार प्युठानबाट सुविधा सम्पन्न एसी बस भोलि देखी संचालन हुने प्रालिका अध्यक्ष सुनिल बस्नेतले बताए।
प्रालिका अध्यक्ष बस्नेतले पहिलो चरणमा २ वटा सिल्पर एसी बस संचालनमा ल्याएको र केहि बस बन्दै गरेको बताए । बस्नेतले भोलि देखी संचालन हुने बसमा एसी,पंखा,सोफासिट,४ जना यात्रु सुत्नको लागी बेडको व्यवस्था,मोबाइल चार्ज,एलिडि टिभि लगाएत अन्य दर्जन बढी सेवा सुबिधा रहेको बताए।
प्युठान टिकुरी बसपार्कबाट काठमाण्डौका लागी बेलुकी ६ बजे छुट्ने छ भने जुम्रि बसपार्कबाट ६:३० मा छुट्ने यातायात प्रालिका प्रवन्धक चन्द्रमान श्रेष्ठले बताए।हप्ताको चार दिन आईतवार, सोमबार, बुधबार र शुक्रबार मात्रै छुट्ने छ भने भदौ १५ गतेबाट सात दिन नै संचालन गरिने श्रेष्ठले भनाई छ ।
टिकुरी बस पार्क देखि काठमाडौं सम्मको भाडादर प्रतियात्रु १ हजार ९ सय रहेको प्रालिका कर्मचारी विकास सुबेदीले स्वर्गद्वारी अपडेटलाई जानकारी दिए।केहि समय अघि प्युठानमा नमस्ते प्युठान यातायात सेवा प्रा.लि ले एसी बस संचालनमा ल्याएको छ।