समय : ०१:१२ pm | शनिबार , श्रावण १२ गते २०८१

प्यूठानमा दुर्घटना न्यूनीकरणमा ट्राफिकको सक्रियता

सन्तोष सुनार | वैशाख ३० गते २०८१

प्यूठान । प्यूठान जिल्लामा सडक दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरी सक्रियताका साथ लागी परेको छ । जिल्लाका विभिन्न ठाउहरुका सडकमा पैदलयात्री , सवारी साधन चलाउने यात्री , विद्यार्थीहरु , युवाहरु, विभिन्न संघ संस्थामा कार्यारत कर्माचारीहरुलाई दुर्घटना न्यूनीकरण सम्बन्धि परामर्श तथा सन्देशमुलक सचेतना दिइरहेको छ ।

आइतवार प्यूठान नगरपालिका ३ रातामाटामा अध्यनरत विद्यार्थी , राप्तिसागर कम्प्युटर ईन्ष्च्यिुटमा कम्प्युटर अध्यनरत विद्यार्थीहरुलाई दुर्घटना सम्बन्धि सन्देशमुलक सचेतना इलाका प्रहरी कार्यालय विजुवारका ट्राफिक प्रहरी जवान गणेश खत्रीले गराएका हुन । खत्रीका अनुसार प्यूठानका हरेक ठाउहरुमा सडक दुर्घटना न्यूनीकरण गर्न यस्ता सल्लाह र परामर्शले दुर्घटना धेरै कम भएको स्वर्गद्वारी अपडेटलाई बताए । कार्यालयले चालकलाई आफू बचौँ र अरूलाई बचाऊँ भन्ने अभियान अन्तर्गत मोटरसाइकल चालकले समेत सवारी चलाउँदा ध्यान दिनुपर्ने हुन्छ ।

ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन र सवारी दुर्घटना न्यूनीकरण गर्न ‘चालकसँग ट्राफिक प्रहरी, चालकसँग एक मिनेट, अन द स्पट कारबाही, आफू बचौँ अरूलाई बचाऔँ’लगायतका कार्य गर्दै आएको जिल्ला ट्राफिक कार्यालय प्यूठानका प्रमुख प्रहरी साहयक निरिक्षक राजेन्द्र कुमार चौधरीले बताए । बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिकसम्बन्धी जानकारी गराउने उद्देश्यले फिल्डमै सवारीचालकलाई सम्मान गर्दै सवारीसाधन चलाउँदा अनिवार्य रूपमा सिट बेल्टको प्रयोग, हेल्मेटको अनिवार्य प्रयोग, मादक पदार्थ तथा नशाजन्य चिज वस्तु सेवन गरी सवारीसाधन नचलाउन, तीव्र गतिमा सवारीसाधन नचलाउन भन्दै सवारीचालकलाई सचेतनामूलक सन्देश दिइरहेको र दिइरहने उनको भनाई रहेको छ ।

स्थानीय सरकार,जिल्ला प्रहरी कार्यालय प्यूठानसँग समन्वय गरेर सडकहरुमा जेब्राक्रसिङ, अव्यवस्थित ठाउँहरुमा नो पार्किङको बोर्डहरु राखिएको समेत जिल्ला ट्राफिक प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page