समय : ०२:०८ pm | शनिबार , श्रावण १२ गते २०८१

प्यूठान नगरपालिका २ पूर्ण खोप सुनिश्चितता घोषणा

सन्तोष सुनार | वैशाख २९ गते २०८१

प्यूठान। जिल्लाको प्यूठान नगरपालिका -२ दाखाक्वाडी पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम गरिएको छ।शनिवार प्यूठान नगरपालिकाको आयोजनामा राष्ट्रिय खोप सरसफाई प्रवद्धन कार्यक्रमको समिक्षा र वडा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम गरिएको हो ।

राष्ट्रिय खोप तालिका अनुसार वडामा खोप लगाउने उमेर समूहका बालबालिकाले खोप लगाएको सुनिश्चित गरिएपछि पूर्ण खोपयुक्त सुनिश्चित वडा घोषणा गरिएको प्यूठान नगरपालिका स्वास्थ्य शाखामा कार्यरत ददिराम सुबेदीले बताए।

कार्यक्रममा वडाअध्यक्ष मोहन सिंह विष्ट क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्यहरु, विभिन्न समुहका अध्यक्ष,स्वयंसेविकाहरु, पत्रकार लगाएतको उपस्थिती रहेको थियो।

 

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page