समय : ०९:२५ am | शनिबार , श्रावण १२ गते २०८१

पर्यटकको पर्खाईमा प्युठानको ‘ढुंगे बगैचा’

स्वर्गद्वारी अपडेट | चैत्र ३० गते २०८०

प्युठान।पर्यटनको आकर्षक गन्तव्यका रुपमा रहेको झिमरुक गाउँपालिकाको-६ ढाँडको ढुंगे बगैचा(रक गार्डेन)पछिल्लो समय पर्यटकको पर्खाइमा रहेको छ।यस ढुंगे बगैचा प्राकृतिक रुपमा निर्माण भएका बिशाल चट्टानहरु र ति चट्टानका अनौठो आकार प्रकारका हेर्न सकिन्छ। 

मनोरम प्राकृतिक छटाले भरिपूर्ण एवं विभिन्न अनौठा र आकर्षक प्राकृतिक आकृतिका चट्टानले पर्यटकहरुको मनै लोभ्याउछ।प्रचारप्रसारको अभावमा ओझेलमा परेको यो स्थल उपयुक्त गन्तव्य मानिए पनि सडक पूवार्धार निर्माण व्यवस्थित नहुँदा यहाँ आन्तरिक पर्यटक मात्रै पुग्ने गरेका छन्।

ग्रामीण कला, संस्कृति र परम्परासँग रमाउँदै झिमरुक फाँट अवलोकन गर्दै पुग्न सकिने भए पनि अहिलेसम्म यस क्षेत्रको सडक पूर्वाधार निर्माणमा चुनावी एजेण्डा मात्र परेको छ।भिमगिठे सडक निर्माणमा चुनाव ताका खुव चर्चा भएपनि हालसम्म सडक स्तरोन्नति भएकै छैन।यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आगमनको वातावरण बनाउने हो भने यहाँको व्यापार व्यवसायसँगै आयआर्जनमा पनि टेवा पुग्ने स्थानीवासी बताउँछन् ।

ढाँड बजार र झिमरुक नदीको बिचमा रहेको यो ढुंगे बगैचा प्राकृतिक रुपले निर्माण भएका आनौठा चट्टान , झिमरुक नदीका सौन्दर्य ढाँड बजार,मच्छी बजार र अग्ला अग्ला पहाडहरुको दृश्यले सबैको मन जोड्न पुग्छ।    

यस क्षेत्रको विकाससँगै प्रचारप्रसार गर्न सकेमा यहाँका नागरिकको रोजगारीसँगै आयआर्जनमा वृद्धि हुने स्थानीय बासुदेव गिरीले बताए।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page