समय : १२:१७ pm | शनिबार , श्रावण १२ गते २०८१

जाउलेपानीमा भएको बस दुर्घटनामा ९ को ज्यान गयो, २८ घाइतेको उपचार हुँदै

स्वर्गद्वारी अपडेट | चैत्र ६ गते २०८०

बागलुङको निसीखोलामा गाउँपालिका ६, जाउलेपानीमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ९ पुगेको छ । दुर्घटनामा परी २८ जना जना घाइते भएका छन् ।

प्रहरीका अनुसार बागमती प्रदेश ०१-००६ ख ३८७९ नम्बरको बस मंगलबार साँझ मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको निसीखोला गाउँपालिका ६ जाउलेपानीमा दुर्घटना भएको थियो । सात जनाको घटनास्थलमै मृत्यु भएको र दुई जनाको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको बागलुङ प्रहरीले जनाएको छ ।

दुर्घटनामा दाङका १८ वर्षीय लक्की पुनमगर, पश्चिमरुकुम मुसिकोट(१ का २७ वर्षीया बिनिता केसी, रुकुमपश्चिम मुसिकोट नगरपालिका २ रातामाटाका सवारी धनी बबिदेल नेपाली, मुसिकोट नगरपालिका ४ सोलाबाङका ३५ वर्षीया टीका केसी, मुसिकोट नगरपालिका ३ साँखकी कल्पना केसी, रोल्पा घर भएका गाडी चालक सुवास गौतम भनिने मानसिंह विक, गोर्खा घर भएकी गीता थापा, ललितपुरका सुजन महर्जन र रुकुमपूर्व सिस्ने गाउँपालिका ५ रुमालबाराका २५ वर्षीय विक्रम परियारको मृत्यु भएको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए ।

घाइतेमध्ये एक जनाको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा र अन्य २७ जनाको बागलुङस्थित धवलागिरि अस्पतालमा उपचार भइरहेको जनाइएको छ । गाडी के कसरी दुर्घटना भयो भन्ने हाल सम्म खुलेको छैन ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page