प्यूठान।प्यूठानमा गैर सरकारी संस्था महासंघले अभिमुखीकरण कार्यक्रम गरेको छ । स्थानिय योजना, कानुन निर्माण प्रकृयामा सहभागीता संलग्नता र वकालतका सम्बन्धमा नागरिक समाज र संघ संस्थाहरुसंग महासघंले कार्यक्रम गरेको हो ।
गैर सरकारी संस्था महासंघ प्यूठानको आयोजनामा बिहिबार भएको उक्त कार्यक्रममा जिल्ला समन्वय प्रमुख एवं कार्यक्रमका प्रमुख अतिथि धरम बहादुर जि.सी.ले प्यूठानमा गैससको सक्रियता कम भएको बताए। ‘राज्यलाई अगाडि बढाउन र समाज विकासका लागि सवैको भुमिका सक्रिय हुनुपर्छ।’ समन्वय प्रमुख जि.सी.ले भने–‘गैससको सक्रियता बढाउनुमा हामी सबैको दायित्व छ।’ जिल्ला समन्वय प्यूठानबाट सहकार्यमा साथ भइरहेको समेत उनले बताए।

त्यस्तै प्यूठान नगरपालिकाका नगरप्रमुख एवं कार्यक्रमका विशेष अतिथि विष्णु बहादुर योगीले स्थानिय सरकारले गैससको विषयमा ऐन, नियम, कानुन बनाएको बताए। ‘मानव अधिकार, विकास निर्माण, समुन्नत समाज निर्माण लगायत थुपै्र क्षेत्रमा गैससले निकै राम्रो भुमिका निर्वाह गरेको थियो।’नगर प्रमुख योगीले भने–‘अहिलेको परिवर्तित समाज, गणतन्त्र र संघीयता पछि भुमिका खोजी गरि सोही अनुसार काम गर्नुपर्छ।’ अहिलेको परिवर्तनशील समाजमा विकासको लागि हाम्रा संस्थाहरु नीति, नियम अनुसार रुपान्त्रण गर्न जरुरी रहेको बताए।

लुम्विनी प्रदेश गैर सरकारी संस्था महासंघका अध्यक्ष जितकुमारी बेल्वासे (सुशीला) ले गैर सरकारी संस्थाका अवस्था बारे प्रस्तुतिकरण दिएकी थिइन।कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल, गाउँपालिका राष्ट्रिय महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष विष्णु गिरी, संस्थाका पुर्व अध्यक्षहरु, गैर सरकारी संस्थाका पदाधिकारीहरु लगायतको उपस्थिति रहेको थियो।संस्थाका अध्यक्ष विजय कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सदस्य प्रज्वल पहाडीले गरेका थिए ।