प्यूठान।प्यूठान नगरपालिका भित्र रहेका धार्मिक, ऐतिहासिक पर्यटकीय गन्तव्यहरुको प्रर्वद्धन र व्यवस्थापनमा प्यूठान नगरपालिकाले निरन्तर काम गरिरहेको छ।
संघिय सरकारको शहरी विकास भवन निर्माण योजना अन्तरगत बजेट व्यवस्थापन गरेर सहित पार्कका विभिन्न संरचना निर्माण गरेको प्यूठान नगपालिकाका नगर प्रमुख विष्णु बहादुर योगीले बताए । ‘पर्यटक पूर्वाधार संग जोडिएका क्षेत्रहरुलाई विशेष प्राथमिकता दिएका छौं ।’ नगरप्रमुख योगीले भने–‘अहिले नगरक्षेत्रका महत्वपूर्ण धार्मिक, ऐतिहासिक तथा पर्यटकीय गन्तव्यहरुलाई थप व्यवस्थापन गर्ने तर्फ हामी सबै केन्द्रित भएका छौ ।’

प्यूठान नगरपालिका वडा नं. ४ र ७ मा रहेको सहित पार्क गाँजुरीमा पर्यटकहरुको चहलपहल बढदो रुपमा देखिन्छ।पार्कमा वाटर फाउन्टेन, ४ जना सहितको मुर्ति, गौतम बुद्धको मुर्ति, चिडिया खाना, पिक्निकका लागि सभाहल, बालबालिकाहरुका लागी फन पार्क, प्रेम जोडीका लागि लभ पार्क, रेष्टुरेण्ट, चिडियाखाना, पुलपुलेसाहरु, भ्यू–टावर, जिम खाना, योगास्थल, लगाएतका संरचनाहरु बनिसकेको नगरप्रमुख योगीले बताए।
कतिपय संरचनाहरु अझै निर्माणधिन अवस्थामा रहेपनि धेरै संरचनाहरु बनिसकेकोले पर्यटकहरुको चहलपहल बढ्दै गएको उनको भनाइ छ।
