प्युठान।प्युठानमा मोटरसाइकलको ठक्करबाट मृत्यु भएको विषयलाई लिएर आज दिउँसो २:३० देखी सडक अवरुद्ध भएको छ।माण्डवी गाउँपालिका -३ लामाचौर स्थित हिजो बेलुकी ७:३० बजे मोटरसाइकलले ठक्कर दिँदा स्थानीय रिम बहादुर खनालको मृत्यु भएको थियो।
दुवै पक्षबीच माण्डवी गाउँपालिकाको कार्यालयमा बार्ताको लागि बसेका थियौं तर दुवै पक्षबीच असहमति भएपछि हामिले सडक अवरुद्ध गरेको पिडित पक्षका गन बहादुर सुनारले बताए।पिडित पक्षलाई उचित क्षतिपूर्ति नदिएसम्म आज देखी अनिश्चित सडक अवरुद्ध गर्ने चेतावनी समेत दिएका छन्।
बार्ताको लागि दुवै पक्षबीच छलफल रहेको सोहि वडाको वडाध्यक्ष धनेन्द्र कार्कीले स्वर्गद्वारी अपडेटलाई बताए।