समय : ०१:१० pm | आइतबार , चैत्र ३ गते २०८१

प्युठान हत्या प्रकरण: काकाकाकीको हत्या गरेपछी प्रहरीलाई सुचना दिए   

स्वर्गद्वारी अपडेट | फागुन ११ गते २०८१

प्युठान।प्युठानको माण्डवी गाउँपालिका–२ रातापानीमा मृत फेला परेका दम्पत्तीको हत्या आफ्नैं भतिजबाट भएको प्रहरीले बताएको छ।आइतबार जिल्ला प्रहरी कार्यालय खलंगामा प्रत्रकार सम्मेलन मार्फत प्रहरीले सार्वजनिक गरेको हो।

प्रहरीले अनुसन्धान गरेको ‘अपरेशन माण्डवी’ मार्फत आफ्नै दाइका छोरा भतिजा आमा एउटा बुवा फरका भएका सोहि गाउँका वर्ष ३४ को पंकज परियार प्रक्राउ परेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रमुख दिपेश बस्यालले जानकारी दिए।

‘पंकजकी श्रीमतीले छाडेर गएपछि रामबहादुर र हुकुमाले उसलाई (पंकज)लाई थारो भनेर जिस्काइरहँदा रहेछन्, त्यहीँ रिसमा हत्या गरेको प्रहरीसमक्ष स्वीकार गरेका छन,’ प्रहरी प्रमुख बस्यालले भने, ‘दुवै जनालाई पाँच किलोको घनले टाउकोमा हानेर वीभत्स हत्या गरेको खुलेको छ । उनीहरूले प्रतिकार गर्न सकेको अवस्था देखिएन । घटनामा अन्य पनि संलग्न रहे/नरहेको बारे केही खुलेको छैन, हामीले अनुसन्धान अघि बढाइरहेका छौं,’ उनले भने।

प्रतिवादीको बिगतमा झैँ झगडा हुने र आत्याधिक रक्सी सेवन गर्ने प्रमुख कारणले हत्या गरेको बताईएको छ।घटनामा निजले प्रयोग गरेको स्विटर, मृतकको रगत पुछेको बल्याँन्केट र मृतक हुकुमाको पटुकीमा रहेको २२० रुपियाँ सहित बरामद गरेको प्रहरीले बताएको छ।खर्च भएर बाँकी रहेको २० रुपैयाँ समेत पनि पंकजले भनेको ठाउँमा प्रहरीले फेला पारेको छ।

फागुन ९ गते राती घरमा खान खाई सुतेका उनीहरुको बिहान अबेरसम्म नउठे पछि छिमेकीले मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । 

उनीहरुका चार छोराहरु भारतमा रहेको र  छोरीहरुको विवाह भइसकेको प्रहरीले जनाएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्