समय : १२:५१ pm | आइतबार , चैत्र ३ गते २०८१

कुम्भमेलाबाट हराएकी पौडेलको खोजी गरिदिन आग्रह

स्वर्गद्वारी अपडेट | फागुन ११ गते २०८१

प्यूठान।भारतको उत्तराखण्डमा लागेको महाकुम्भमेलामा अवलोकन गर्ने क्रममा हराएकी गोपी पौडेलको खोजी गरिदिन परिवारले आग्रह गरेका छन्।प्यूठान नगरपालिका ३ स्थायी घरभएकी पौडेल  फागनु १० गते दिउसो १ बजे मेलाबाट हराएकी हुन ।

प्यूठान नगरपालिका ४ जुम्रीमा बस्दै आएकी ५३ वर्षीय पौडेल उनका श्रीमान विष्णु पौडेल र अन्य आफन्तसंग मेलामा गएकी थिइन ।

पौडेलको खोजी गरिदिन प्यूठान नगरपालिका वडा नं. ३ ले सुचना समेत प्रकाशन गरेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्