समय : १२:१४ pm | आइतबार , चैत्र ३ गते २०८१

प्युठान दम्पत्ती हत्या प्रकरण:भेटियो रगत लतपतिएको घन  

स्वर्गद्वारी अपडेट | फागुन ११ गते २०८१

प्युठान।प्युठानको माण्डवी गाउँपालिका– २ रातापानीमा मृत फेला परेका दम्पत्तीको हत्या भएको खुलेको छ। प्यूठानका प्रहरीले परियार दम्पतीमाथि घन प्रहार भएको जानकारी दिएको छ । घटना भएको घरदेखि ५० मिटर पूर्वमा रगत लागेको अवस्थामा घन बरामद भएको छ ।

६० वर्षीय रामबहादुर परियार र उनकी ५६ वर्षीय  श्रीमति हुकुमा परियार शनिबार घरमै मृत फेला परेका थिए ।  फागुन ९ गते राती घरमा खान खाई सुतेका उनीहरुको बिहान अबेरसम्म नउठे पछि छिमेकीले मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । 

प्रहरीले दम्पत्तीको शरिरमा गहिरो चोट लागेको बताएको छ । थप अनुसन्धानका लागि प्रहरीले भैरहवाबाट तालिम प्राप्त कुकुर झिकाएको जानकारी दिएको छ । उनीहरुका चार छोराहरु भारतमा रहेको र  छोरीहरुको विवाह भइसकेको प्रहरीले जनाएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्