समय : ०७:२६ am | बिहिबार , असाेज ३ गते २०८१

प्यूठानमा राष्ट्रिय तथ्यांक प्रणाली र राष्ट्रिय  लेखाप्रणाली सम्वन्धी अभिमुखीकरण

स्वर्गद्वारी अपडेट | भाद्र २४ गते २०८१

प्रकास बैद्य।प्यूठानमा राष्ट्रिय तथ्यांक प्रणाली र राष्ट्रिय लेखाप्रणाली सम्वन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।राष्ट्रिय तथ्यांक कार्यालय थापाथली काठमाण्डौको आयोजनामा आज सोमवार झिमरुक क्याम्पस बाग्दुलामा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।

विद्यालय ,कलेजका विद्यार्थी देखी लिएर आम जनमानसमा तथ्यांकको महत्व बोध गराउदै व्यवस्थित तथ्यांक संकलन तथा नेपालको लेखाप्रणाली सम्वन्धी  जानकारी गराउने उद्धेश्यले आयोजित कार्यक्रममा क्याम्पसका विद्यार्थीहरु ,प्राध्यापक,शिक्षक ,पत्रकार तथा राष्ट्रिय तथ्यांक कार्यालयका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

राष्ट्रिय तथ्यांक कार्यालय काठमाण्डौका लेखा निर्देशक गणेश प्रसाद आचार्यको अध्यक्षतामा आयोजित कार्यक्रममा कार्यालयका निर्देशक ऋषिराम सिग्देलले तथ्यांक र तथ्यांकको महत्व, नेपालको राष्ट्रिय तथ्यांक प्रणाली र यसका अंग,तथ्यांक सम्वन्धी प्रमुख नीति तथा तथ्यांक ऐन ,राष्ट्रिय  लेखाप्रणाली ,प्रादेशिक राष्ट्रिय लेखा,व्यक्ति परिवार प्रतिष्ठान तथा संगठित संस्था संगको अपेक्षा लगायतका विषयमा प्रस्तुतिकरण गरेका थिए।तथ्यमा आधारित अंग,तथ्यांकको अभावमा न सोच न प्राथमिकता,सही निर्णयको आधार,नीति निर्माण तथा तर्जुमा,प्रभावकारी योजना प्रक्रिया ,लक्ष निर्धारण प्रक्षेपण,तुलनात्मक अध्ययन अनुसन्धान क्षेत्रगत विष्लेषण ,स्तरीय जीवनका लागि समेत  तथ्यांकको महत्वको महत्व प्रस्तुतीकरणमा प्रष्ट्याइएको थियो ।

सवै सराकारवालाहरुबाट निर्णय प्रक्रियामा  तथ्यांकको अधिकतम प्रयोग ,सवै सरकारी नीकायबीच समन्वय सहकार्य र पृष्ठपोषण,तथ्यांकीय पूर्वाधार विकासमा सवैको पहल ,सेवा प्रदायक सवै संस्थाबाट प्रशासनिक अभिलेखबाट तथ्यांक उत्पादन तथा वितरण ,तथ्यांकीय जनशक्तिवाट तथ्यांकीय साक्षरता अभिवृद्धि ,व्यक्ति परिवार ,प्रतिष्ठान सवैवाट गणना सर्वेक्षमा सोधिने विवरण प्रदान,प्रदेश सरकार र स्थानीय तहबाट प्रदेश र स्थानीय तहको तथ्यांक प्रणाली स्थापना तथा प्रदेश र स्थानीय सरकारबाट तथ्यगत विवरण अद्यावधिक गरिदिने लगायतका राष्ट्रिय तथ्यांक कार्यालयले सरोकारवालाहरु संग राखेको अपेक्षा समेत प्रस्तुत गरिएको थियो ।

जीडिपीमा प्रादेशिक योगदान अन्तर्गत आ.व.८०/०८१ म  कोशी प्रदेश १५.८ प्रतिशत,मधेश प्रदेश १३.१ प्रतिशत,बागमती प्रदेश ३६.४प्रतिशत,गण्डकी प्रदेश ९.१ प्रतिशत,लुम्बिनी प्रदेश १४.३ प्रतिशत,कर्णाली प्रदेश ४.३ प्रतिशत र सुदुरपश्चिम प्रदेशको ७.१ प्रतिशत योगदान रहेको निर्देश सिग्देलले जानकारी गराएका थिए ।

तथ्यांक कार्यालय दाङ्गका प्रमुख पोम नारायण पौडेललाई स्वागत गरेका थिए भने सञ्चालन राष्ट्रिय  तथ्यांक कार्यालयकी तथ्यांक अधिकृत शारदा शर्माले गरेकी थिइन् । 

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्