प्युठान।ऐरावती गाउँपालिकाले विकास निर्माणको काम छिटो छरीतो रुपमा गर्न जेसिबी खरिद गरेको छ।ऐरावती गाउँपालिका भित्र सडक निर्माण, विस्तार, स्तरवृद्धि ,मर्मत सम्भार र पालिकाका अन्य आवश्यक कामहरुमा प्रयोग गर्ने प्रयोजनका लागि जेसीबी खरीद गरेको पालिकाले जनाएको छ।
विकास निर्माणको कामलाई तिब्रता लिन जेसिबीको खरिदले सहज बनाउने ऐरावती गाउँपालिकाका अध्यक्ष नविल बिक्रम शाहले बताए।यसअघि श्रोत र साधनको अभावको बहानामा कामहरु ढिला हुने र बर्षेनी करोडौं रुपैया खर्च हुने हुँदा अव त्यो समस्या हटेर जाने अध्यक्ष शाहले बताए।
स्थानीय सरकारलाई विकास निर्माणको काम गर्ने सवारी साधन हुँदा सहज हुने भएकाले जेसीबी खरिद गरिएको ऐरावती गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत हिमलाल विश्वकर्माले बताए।
चालू आर्थिक वर्षको बजेटबाट ५५ लाख ४५ हजार रुपियामा जेसिवी खरिद गरिएको गाउँपालिकाले जनाएको छ।जेसीबी खरीद गरेपछि पालिका अन्तर्गतका सडक अवरुद्ध भएमा सुचारु गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।