समय : ०५:३९ am | आइतबार , भाद्र २२ गते २०८१

राप्ती नदीमा फसेका दुई जनाको सकुशल उद्धार, एक अझै बेपत्ता

स्वर्गद्वारी अपडेट | असार २२ गते २०८१

दाङ– जिल्लाको लमही नगरपालिका–७ हसनापुरस्थित राप्ती नदीमा पानीको बहाव बढी फसेका दुई जनाको सशस्त्र प्रहरीले  सकुशल उद्धार गरेको छ ।

आज दूध बिक्री गरी घर फर्कँदै गरेका ४८ वर्षीय तुलाराम यादव र ४० वर्षीय दयाराम यादव सो नदीको दोभान फसेका थिए । उनीहरूको सशस्त्र प्रहरी बल नेपाल नं. ४१ रिजर्भ गण कपिलवस्तुबाट खटिएको सुरक्षा फौज सकुशल उद्धार गरेको हो ।

त्यसैगरी सोही जिल्लाको राजपुर गाउँपालिका–२ बेलास्थित राप्ती नदीमा बेपत्ता भएका १८ वर्षीय राजकुमार यादवको खोजीकार्य भइरहेको छ । उनी दूध बिक्री गरी घर फर्कने क्रममा  बिहान करिव ९:३० बजे सो नदीले बगाएको बताईएको छ ।

त्यस्तै सोही जिल्लाकै लमही नगरपालिका–६ कुलमोहरस्थित अर्जुन खोलाको किनारामा फसेका ३३ वर्षीय गोरे क्षेत्रीको समेत सकुशल उद्धार गरिएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्