समय : ०६:३२ am | आइतबार , भाद्र २३ गते २०८१

देवीस्थानमा लागेको आगो नियन्त्रणमा आएन

स्वर्गद्वारी अपडेट | वैशाख ९ गते २०८१

प्युठान।माण्डवी गाउँपालिका-३ देविस्थान गंगागम रोजिन एण्ड टर्पेन्टाइनले खोटो संकलन गरेको स्थान(गोदाम)आगलागी सुरू भएको ८ घण्टा पूरा हुँदा पनि आगो नियन्त्रणमा आउन सकेको छैन। आगो नियन्त्रण गर्न नेपाल प्रहरीको टोली र स्थानीयहरु खटिएका छन् ।देवीस्थान बजारमा रहेको खोटो संकलन गरेको स्थानमा भएको आगलागीले सिंगो बजार नै त्रस्त बनेको छ। 

गंगागम रोजिन एण्ड टर्पेन्टाइनको गोदाममा शनिबार दिउसो २:२० बजेतिर आगलागी भएको थियो।आगलागी हुँदा ६ हजार ५ सय ३० डिब्बा (टिनको भाडो ) खोटो संकलन गरेको कच्चा पदार्थ खोटो जलेर नष्ट भएको  करिव १ करोड १३ लाख बराबरको क्षति भएको गंगाराम रोजिन एण्ड टर्पेन्टाइन कमर्चारी भुवन सिङ बस्नेत बताए।

त्यसै गरि आज बिहानै देखि जिल्ला प्रहरी कार्यालय प्युठान ,अस्थाई प्रहरी पोस्ट जस्पुर र गंगागम रोजिन एण्ड टर्पेन्टाइन कम्पनीको समन्वयमा दुई वटा जेसिबीबाट आगो नियन्त्रणमा ल्याउन प्रयास भएको छ।  स्वर्गद्वारी अपडेटले समाचार तयार पार्दा समेत  आगो नियन्त्रणमा थिएन।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्