समय : ०९:२० am | शनिबार , श्रावण १२ गते २०८१

रुसी सेनामा भर्ती भएका प्युठानका एक युवकको मृत्यु

स्वर्गद्वारी अपडेट | पौष २६ गते २०८०

प्युठान । रुसी सेनामा भर्ती भएका प्यूठानका एक युवकको मृत्यु भएको छ ।

प्यूठान नगरपालिका- ४ काठेवरका सोनु सुनारको रुस युक्रेन युद्धमा परी मृत्यु भएको मृतकका भाई अनुज सुनारले बताए। युद्धमा घाईते भएका सोनुको साथीले परिवारलाई भ्वाईस म्यासेज गरि पठाएको अनुज सुनारले बताए ।

रोजगारीको शिलशिलामा कतार पुगेका सुनार उतैबाट दुई महिना काम गरी रुस गएर त्यहाँको सेनामा संलग्न भएका थिए ।मृतक सुनारका परिवारमा आमा, बुवा, भाइ, श्रीमती र चार वर्षको छोरा छन ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page