समय : ०९:५८ am | शनिबार , श्रावण १२ गते २०८१

हतकडीसहित फरार थुनुवा पक्राउ

स्वर्गद्वारी अपडेट | पौष १९ गते २०८०

जिल्ला अदालत काठमाण्डाै परिसरबाट हतकडीसहित फरार भएका थुनुवा पक्राउ परेका छन् । प्रहरीले बुधवार हिजाे बिहान फरार भएका सिन्धुपाल्चोक बाह्रबिसेका कमल खड्कालाई काठमाण्डाै महानगरपालिका–३२ जडीबुटीबाट आज बिहान पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाण्डाैका प्रवक्ता प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले प्रहरी वृत्त महाराजगञ्जबाट थुनछेक बहसका लागि अदालत लैजाने क्रममा खड्का हतकडीसहित फरार भएका बताउनुभयो । 

फरार भएका खड्कालाई प्रहरी वृत्त महाराजगञ्ज र जिल्ला प्रहरी परिसर काठमाण्डाैको टोलीले खोजतलास गरी फेला पारेको हो । डलर देखाएर लुटपाट गरेको अभियोगमा प्रहरीले खड्कालाई पक्राउ गरेको थियो । 

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page