समय : ०९:४४ pm | आइतबार , फागुन ३ गते २०८२

तुइन चुडिँदा कर्णाली नदीमा खसेर एक बेपत्ता

स्वर्गद्वारी अपडेट | असाेज २१ गते २०८०

  असोज २१ आइतबार

तुइनको डोरी चुडिँदा कर्णाली नदीमा खसेर मुगुका एक जना बेपत्ता भएका छन् ।कर्णाली कोरिडोरको हुम्ला खण्डमा काम गर्दै आएका मुगुको सोरु गाउँपालिका–५ नेरा गाउँका ३८ वर्षका मक्करसिंह नेपाली हिजो बेलुका कर्णाली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

बेपत्ता नेपालीको आज बिहानैदेखि खोजी थालिएको छ । उहाँ हिजो बेलुका काम सकेर वासस्थान फर्किनेक्रममा तुइनको डोरी चुडिँएको थियो । 

यो पनि पढ्नुहोस्