समय : ०७:१३ am | आइतबार , भाद्र २३ गते २०८१

रुपान्तरणको अभियानमा प्रेस सेन्टर प्यूठानको एक्यवद्धता

स्वर्गद्वारी अपडेट | भाद्र १४ गते २०८०

राधिका भुसाल
प्यूठान । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को जनतासंग माओवादी विशेष रुपान्त्रण अभियानमा प्रेस सेन्टर नेपाल जिल्ला शाखा प्यूठानको सक्रिय भुमिकामा रहने भएको छ ।
अभियानलाई सफल पार्नका लागि गाउँ बस्तीमा पुगेर पार्टीका गतिविधिलाई प्रचार प्रसार गर्ने गरी सम्पुर्ण जिम्मेवारी लिएको प्रेस सेन्टर नेपाल प्यूठान शाखाका अध्यक्ष टिकाराम पोख्रेलले बताए । ‘हामीले सक्दो सहयोग पार्टीलाई गरेर अभियान सफल र सार्थक बनाउनु छ ।’ अध्यक्ष पोख्रेलले भने– ‘विगत केही समय देखि हाम्रो संगठन निश्क्रिय हुंदा धेरै क्षति समेत भएको छ अब त्यस्लाई तुरुन्तै सोतभर्ना गर्नुपर्ने छ ।’ हरेक क्षेत्रको कार्य सफलताको लागि चलायमान स्थिती हुन जरुरी रहेको समेत उनले बताए ।
क्रान्तिसगै जीविको पार्जनमा पनि जोड्नु पर्छ : पार्टी संयोजक अधिकारी


प्रेस सेन्टर नेपाल जिल्ला शाखा प्यूठानको बैठकमा प्रमुख अतिथिको रुपमा उपस्थित भएका नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) जिल्ला संयोजक नवराज अधिकारीले हरेको क्षेत्रको क्रान्तिका लागि जीविको पार्जन गर्न जरुरी रहेको बताए । ‘यो अभियान सफल पार्नका सबै क्षेत्रबाट आ–आफ्ना जिम्मेवारी पुरा गर्नु पर्छ’– संयोजक अधिकारीले भने–‘हाम्रो अभियानसंगै हरेको व्यक्तिको क्षमतालाई मध्यनजर गरी जीविको पार्जनमा जोड्न सक्नु पर्छ ।’ विषेश रुपान्त्रण अभियान सफल पार्नका लागि आफुले सक्दो सहयोग गर्ने अधिकारीले बताए । त्यस्तै नेकपा (माओवादी केन्द्र)का लुम्बीनी प्रदेश सचिवालय सदस्य कृष्ण घिमिरेले सत्तामा रहेका पुजीवादीहरुले देशलाई चरम भ्रष्टाचार गरेर देशलाई खोक्रो बनाउन थालेकोले प्रचण्ड सरकारले भ्रष्टाचारीहरुको अप्रेसन गरिरहेको बताए । विगतमा अमुल परिवर्तन गरेर यो अवस्थामा आइपुगेको पार्टीलाई बाह्य शक्तीले धेरै आक्रमण गरेकोले रुपान्त्रण अभियान थालेको बताए । बैठकमा सहभागी प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य हरि भण्डारी र लेखा सुपरिवेक्षण समिति संयोजक तुफान अधिकारीले पार्टीले आफ्नो निकट मिडिया एवं पत्रकारहरुलाई संरक्षण गर्न जरुरी रहेको बताए ।
सहिद प्रतिष्ठान भवन जुम्रीमा भएको बैठकमा प्रेस सेन्टर निकट पत्रकारहरुको सहभागिता रहेको थियो भने बैठकको अध्यक्षता प्रेस सेन्टर नेपाल प्यूठान शाखाका अध्यक्ष टिकाराम पोख्रेलले गरेका थिए ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्