समय : ०७:१९ pm | बुधबार , माघ २ गते २०८१

काेराेनाका कारण १ जनाकाे ज्यान गयाे, सक्रिय संक्रमित २१ जना

स्वर्गद्वारी अपडेट | पौष २३ गते २०७९
स्वर्गद्वारी अपडेट प्युठान ।  नेपालमा कोरोना संक्रमणका कारण एक जनाको ज्यान गएको छ । लामो समयपछि नेपालमा फेरि कोरोना संक्रमणका कारण एक जनाको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा थप तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टीजेन गरी पाँच सय ५५ जनाको नमूना परीक्षण गर्दा तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । दुई जना कोरोना संक्रमित निको भएका छन् । अहिले नेपालमा कोरोना भाइरसका २१ जना सक्रिय संक्रमित रहेका छन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्