समय : ०५:११ am | आइतबार , भाद्र २२ गते २०८१

धान रोप्न खेत जोत्दै किसान

स्वर्गद्वारी अपडेट | जेठ २१ गते २०८१

प्युठान । आधुनिक कृषि उपकरण र प्रविधिको प्रयोग बढेसँगै प्युठानमा हलो र गोरु लोप हुन थालेका छन्। किसानहरुले खेतबारी जोत्न छिटा छरितो, सजिलो र भरपर्दो यन्त्र हाते ट्याक्टरको प्रयोग गर्न थालेसँगै हलो र गोरु लोप हुन थालेको हो।झिमरुक फाँटमा भने यदा कता गोरु प्रयोग गरे जोतेको दख्न सकिन्छ।  

आधुनिक प्रविधि भित्रिएसँगै जिल्लाको अधिकांश स्थानमा हलो र गोरुको प्रयोग हुन छाडेको छ।स्थानीय सरकारले कृषि उत्पादन बढाउन भन्दै आधुनिक प्रविधिको प्रयोगलाई प्रोत्साहन गरेपछि गाउँमा प्रविधिको प्रयोग बढेको किसानहरु बताउँछन् । 

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्