समय : ०३:२४ pm | आइतबार , माघ ६ गते २०८१

काठमाडौं आइपुगे सोनु निगम

स्वर्गद्वारी अपडेट | पौष १० गते २०८१

काठमाडौं- भारतका चर्चित गायक सोनु निगम बुधबार काठमाडौं आइपुगेका छन् ।

बुधबार बौद्ध तुसालमार्गस्थित ह्यात चौरमा हुने ‘सोनु निगम लाइभ इन नेपाल’ नामक साङ्गीतिक कार्यक्रममा गुञ्जिन उनी आइपुगेका हुन् । नेपालीसँग उनको यो पहिलो साक्षात्कार हो ।

आयोजक संस्था नेपाली टच नेपालका निर्देशक अभिनाश घिमिरेले गायक निगम पछिल्लो समय माग भएका गायकमा पर्छन् । उनले नेपाली गीतसङ्गीत पनि प्रस्तुत गर्न सक्ने भएकाले बोलाइएको बताए।

बाह्र हजार दर्शक क्षमता रहेको ह्यात चौरमा बुधबार अपरान्ह सोनुले गाउनेछन् । गायक निगमले स्वर दिएका ‘यो जिन्दगीले’, ‘उकाली ओराली गर्दै’, ‘फुलको डाली डालीमा’, ‘यो मायाले हेरन’ लगायत गीत नेपालीमाझ लोकप्रिय छन्।

यस्तै, हिन्दी भाषामा ‘मेरे ढोलाना सुन’, ‘कल होना हो’, ‘साथिया’, ‘पापा मेरी जान’, ‘अभि मुझ मे कही’ लगायत गीत लोकप्रिय छन्।

यो कन्सर्टका लागि न्यूनतम दुई हजारदेखि अधिकतम ५० हजारसम्मको टिकट राखिएको आयोजकले जनाएको छ। आयोजकका अनुसार गायक निगम पुस १० गते बिहान नेपाल आउने छन्।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्