समय : ०४:४० am | सोमबार , वैशाख ७ गते २०८२

६८ औं सहकारी दिवस प्युठानमा मनाईयौं

स्वर्गद्वारी अपडेट | चैत्र २० गते २०८१

प्युठान। ‘मर्यादित सहकारी, समुन्नत समाज’ भन्ने नाराका साथ आज ६८ औं सहकारी दिवस प्युठानमा मनाइएको छ।दिवसको अवसरमा प्युठान नगरपालिकाको बिजुवारबाट निकालीएको ¥याली नागबेली बहुउदेश्यीय  हलमा पुगी सभामा परिणत भएको थियो।

जिल्ला सहकारी संघ प्युठानको आयोजनामा भएको कार्यक्रममा प्युठान नगरपालिका भित्र कार्य क्षेत्र रहेका सहकारी सहभागी भएका थिए।कार्यक्रमलाई सम्बोधन गर्दै प्युठान नगरपालिकाको नगर प्रमुख बिष्णु योगीले सहकारी आर्थिक क्षेत्रमा मात्र नभई सामाजिक रुपान्तरण अभियानसँग जोडिएको बताए।

त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै प्युठान नगरपालिका ३ का वडा अध्यक्ष एवंम् नगर प्रवत्ता सुमनराज श्रेष्ठले सहकारीको माध्यमबाट ग्रामीणक्षेत्रका जनसमुदायलाई एकीकृत गर्दै आत्मनिर्भर बनाउन तर्फ जोड दिएको उनको भनाई छ।

देशभरिका नागरिकहरु सहकारीमा एकीकृत हुँदै गएको जिल्ला सहकारी संघ प्युठानका अध्यक्ष सुशील पोख्रेलले बताए।

कार्यक्रमको संचालन बिजय फुलवारी बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक प्रकाश बैद्यले गरेका थिए।त्यस्तै प्युठानका अन्य आठ स्थानीय तहहरुमा पनि आज बिभिन्न कार्यक्रम गरि सहकारी दिवस मनाइएको छ।     

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्