समय : ०६:५३ am | आइतबार , भाद्र २३ गते २०८१

प्युठानका कवि मीनबहादुरको कविता संग्रह सार्वजनिक

स्वर्गद्वारी अपडेट | असाेज १७ गते २०८०

१७ असोज , प्युठान।  कवि मीनबहादुर विष्टको कविता संग्रह 'साला पहाडमें क्या है' सार्वजनिक भएको छ। 

कवि मीनबहादुर विष्ट २०११ सालमा प्युठानमा जन्मिएका हुन्।उनले त्रिभुवन विश्वविद्यालयबाट शिक्षाशास्त्रमा स्नातकोत्तर गरेका छन्।अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्नियाबाट शिक्षा नीति विषयमा विद्यावारिधि गरेका उनी लेखनका हकमा आलोचनात्मक चेतका कवि हुन्। 

आधुनिक नेपाली समाजका विविध पाटोहरू झल्काउने कविता संग्रहमा ६४ कविताहरू समावेश गरिएको छ।यस कृतिले पछिल्लो ५० वर्षको समयावधिलाई प्रतिनिधित्व गर्छ। 

किताब पब्लिसर्सले प्रकाशन गरेको कविता संग्रहमा 'यसरी एउटा राष्ट्र बाँच्ने बहाना गर्छ, चुनावपछिको गाउँ, जर्साबको कुकुर, नागरिकता, एउटा अलपत्र देश, लासहरूको सगरमाथा' लगायत कालजयी रचनाहरू समावेश छन्।

उनी २०३६ सालको चर्चित 'सडक कविता क्रान्ति' का एक सहभागी हुन्। 

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्