लव कुमार अधिकारी
यो
सुन्दर बिहानिमा
तिमी हावा जसरी आउछौ
अनि तिम्रा याद चै
नदिले किनारलाई पर्खिरहे जस्तै
म हुनेछु ,
त्यो एक्लोपनमा
हराइरहेको हुन्छु,
जब तिमी प्रबेश गर्छौ
दिमाग नै खलवल मच्याउछौ
त्यो साउनको झरी
झै
तिम्रो मौनतामा डुब्दै
म रुमलिँदै
सम्हालिन खोज्छु
हावामा उडेको बादल जस्तै मनलाई
तिमी आँधिबेरी बनेर आउछौ
अनि उडाएर लैजान्छौ !