प्यूठान।तिहार पछिको द्धितिया तीथिको अवसरमा चकचके मेलामा प्यूठान नगरपालिका १ खैराका महिलाहरुले तरवार नचाएका छन्।पछिल्लो समय तरवार नाँचमा महिलाहरुको आर्कषण बढ्न थालेको छ।

बिहिबार माण्डवी गाउँपालिका ५ चकचके स्थित मेलामा महिलाहरुले तरवार नचाएका हुन।करिब २० जनाको समुहमा आएका महिलाहरुले देउसी भैलो समेत खेलेका थिए।उक्त मेलामा मारुनी, सोरठी र देउसी भैलो समेत खेलेका थिए।

ऐतिहासिक द्धितिया चकचके मेला करिव ३ हजार बढि दर्शकले अवलोकन गरेको छन्। आगामी दिनमा मेलालाई अझै व्यवस्थित गर्दै लैजाने मेला आयोजकले जानकारी दिए।








