समय : १२:५४ pm | शुक्रबार , मंसिर ४ गते २०८३

फेरी घट्यो सुनको मूल्य

स्वर्गद्वारी अपडेट | मंसिर ४ गते २०८३

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।आज सुन प्रतितोला रु १२ हजार २०० र चाँदीको मूल्य प्रतितोला रु २२५ ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला रु दुई लाख ४५ हजार ४०० र चाँदीको मूल्य रु तीन हजार ११० कायम छ । 

बिहीबार छापावाल सुन प्रतितोला रु दुई लाख ५७ हजार ६०० र चाँदीको मूल्य रु तीन हजार ३३५ कायम  थियो ।

यो पनि पढ्नुहोस्