समय : ०२:१४ am | बुधबार , असाेज २७ गते २०८३

करणीसम्बन्धी कसुरमा फरार प्रतिवादी प्युठानबाट पक्राउ

स्वर्गद्वारी अपडेट | असाेज २७ गते २०८३

प्युठान। करणीसम्बन्धी कसुर मुद्दामा फरार रहेका एक प्रतिवादीलाई प्युठान प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय प्युठानबाट खटिएको सादा पोसाकको प्रहरी टोलीले मंगलबार दिउँसो करिब २ बजे प्युठान नगरपालिका–९ मरन्ठानास्थित घरबाट २२ वर्षीय जीवन बस्नेतलाई नियन्त्रणमा लिएको हो।

प्युठान नगरपालिका–९ घर भई हाल दाङको लमही नगरपालिका–५ आनन्दनगर टोलमा बस्दै आएका बस्नेतविरुद्ध जिल्ला अदालत दाङबाट पक्राउ पुर्जी जारी भएको थियो।करणीसम्बन्धी कसुर मुद्दामा फरार रहेका उनलाई प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय प्युठानमा कार्यरत प्रहरी सहायक निरीक्षक भीमबहादुर गुरुङको जिम्मा लगाएको थियो।

पक्राउ परेका बस्नेतलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी अड्डासारमार्फत वडा प्रहरी कार्यालय लमही, दाङतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ।

यो पनि पढ्नुहोस्