समय : ०४:५४ am | आइतबार , असाेज २४ गते २०८३

प्यूठानमा बसको ठक्करबाट बालकको ज्यान गयो

स्वर्गद्वारी अपडेट | असाेज २४ गते २०८३

प्यूठान । प्यूठानमा बसको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु भएको छ।

प्यूठान नगरपालिका–४ जुम्रीबाट ओखरबोटतर्फ जाँदै गरेको बसको ठक्करबाट प्यूठान नगरपालिका–३ ओखरबोटका अन्दाजी १० वर्षीय पुष्कर बि.क.को मृत्यु भएको हो।

प्राप्त जानकारीअनुसार, ना. ४ ख ५९४६ नम्बरको बसले अपराह्न करिब ४ बजे बालकलाई ठक्कर दिएको थियो। बसको ठक्करबाट गम्भीर घाइते भएका बालक बि.क.को घटनास्थलमै मृत्यु भएको जनाइएको छ।

यो पनि पढ्नुहोस्