नेपाली बजारमा आज (मंगलबार) सुन-चाँदीको भाउ घटेको छ।
सोमबार प्रतितोला तीन हजार दुई सय रूपैयाँ बढेको सुनको भाउ यसदिन तोलामा पाँच सय रूपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख २२ हजार दुई सय रूपैयाँमा किनबेच भइरहेको छ।
सोमबार सुन प्रतितोला तीन लाख २२ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, मंगलबार चाँदीको मूल्य पनि घटेको छ।
सोमबार प्रतितोला चार हजार नौ सय ६५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार नौ सय रूपैयाँमा किनबेच भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ६५ रूपैयाँ घटेको हो।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार ६ सय ३६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।







