समय : ०८:०७ pm | बिहिबार , माघ २२ गते २०८२

लुम्बिनीमा सहकारी नियमावली संशोधनसहित स्वीकृत

आर्थिक वर्ष २०८२र८३ को तेस्रो त्रैमासिकका लागि अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरिएको छ।

स्वर्गद्वारी अपडेट | माघ २२ गते २०८२

दाङ,२२ माघ । लुम्बिनी प्रदेश सरकारले प्रदेश सहकारी तेस्रो संशोधन नियमावली, २०८२ स्वीकृत गरेको छ। आज बसेको प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले उक्त नियमावलीलाई अनुमोदन गर्ने निर्णय गरेको हो।

त्यसैगरी बैठकले वन तथा वातावरण मन्त्रालयद्वारा प्रस्तावित प्रदेश वन ऐन, २०७८ लाई संशोधन गर्न बनेको विधेयक लुम्बिनी प्रदेशसभामा पेस गर्न स्वीकृति प्रदान गरेको छ। यसबारे जानकारी दिँदै सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले निर्णय सार्वजनिक गरे मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पेस गरेको अस्थायी संगठन संरचना पनि स्वीकृत गरेको छ।

साथै आर्थिक वर्ष २०८२र८३ को तेस्रो त्रैमासिकका लागि अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरिएको छ।

यसैगरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्रस्तावित ज्ञान व्यवस्थापन तथा संस्थागत स्मृति हस्तान्तरण सम्बन्धी कार्यविधि, २०८२ पनि स्वीकृत गरिएको सरकारका प्रवत्ता पन्थीले जानकारी दिए।

यो पनि पढ्नुहोस्